यात्रा अनुमतिपत्रः
फ्रान्स, पोर्चुगल, एण्डोरा र मोनाकोमा बसोबास गर्ने कुनै नेपाली नागरिकको राहदानी हराएको वा नष्ट भएको, राहदानीको म्याद सकिएको र तुरुन्तै नेपाल फर्कन आवश्यक भएको कारण जनाई देहायका कागजात संलग्न राखी निवेदन पेश गरेमा राजदूतावासबाट निवेदकको नाममा यात्रा अनुमतिपत्र जारी गरिनेछ ।
यात्रा अनुमतिपत्रको लागि नेपाली नागरिकहरूले निवेदन साथ निम्न कागजात पेश गर्नु पर्नेछ:
- रितपूर्वक भरिएको दरखास्त फाराम १ प्रति ।
- पुरानो राहदानीको प्रतिलिपि एक प्रति ।
- नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सोको प्रतिलिपि एक प्रति ।
(पुरानो राहदानीको प्रतिलिपि पेश गरेको भए नागरिकताको प्रमाणपत्रको सक्कल नभएमा सोको प्रतिलिपिको आधारमा कारवाही अगाडि बढाइने छ) । - छ महिनाभित्र खिचेको 35 mm x 45 mm आकारको रङ्गीन फोटाहरू दुई प्रति ।
- यात्रा अनुमति पत्र वापत लाग्ने दस्तूर वैंङ्कबाट पठाएको (Bank transfer) गरेको रसिद वा राजदूताबासमा नगद दस्तुर तिरेको रसिद ।
नोट:
- यात्रा अनुमति पत्रको म्याद ३ महिनाको हुनेछ ।
- यात्रा अनुमतिपत्रको लागि पेश गरेको निवेदनमा निवेदकले प्रदेशको नाम वा प्रदेश नम्वर र आफ्नो गाँउपालिका वा नगरपालिकाको नाम र वडा नम्वर समेत उल्लेख गर्नुपर्नेछ ।
- यात्रा अनुमतिपत्र वापत लाग्ने दस्तुर यसै वेवसाइटमा Consular Fees शीर्षकमा उल्लेख भएबमोजिम हुनेछ ।