नागरिकता परित्यागः
नागरिकता परित्यागको लागि भर्नु पर्ने फाराम को लागि यहां क्लिक गर्नु होला
नेपाली नागरिकतापरित्याग गर्न चाहने नेपाली नागरिकले आबश्यकनिवेदन फाराम भरीराजदुतावासमा पेश गर्नु पर्ने । प्राप्त निवेदनमा राजदूतावासले आबश्यक कारवाही गरी प्रकृया पुरा भएपछि सम्बन्धितलाइ जानकारी उपलव्ध गराउने छ।
गैह्र आवासीय नेपालीहरूको परिचय पत्र सम्बन्धमा
- बिदेशमा बस्ने नेपाली नागरिकहरूका रूपमा नाम दर्ता गर्दा पेश गर्न पर्ने आवश्यक कागजातहरू (गैर आवासीय नेपालीको हैसियतमा नाम दर्ता गराउन दिएको निवेदन – नेपाली मूलको विदेशी नागरिकको प्रयोजनको लागि) निदेवनको नमुनाको लागि यहां क्लिक गर्नु होला ।
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
- नेपाली राहदानीको प्रतिलिपि,
- विदेशमा कुनै व्यवसाय गरी वसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात,
- विदेशमा पेशा वा रोजगारी गरी वसेको भए सो पुष्टी गर्ने कागजात,
- कुनै अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत रहेको भए सो संस्थाको नियुक्तिपत्र तथा हाल कार्यरत रहेको भन्ने व्यहोरा खुल्ने कागजात,
- हालसालै खिचिएको पासपोर्ट साइजको दुइ प्रति र अटो सा ई ज को २ प्रति रंगीन फोटो र
- गैह्र आवासीय नेपालीका रूपमा नाम दर्ता गर्न निवेदन दिदा लाग्ने दस्तुर युरो १६
- नेपाली मूलको विदेशी नागरिकको रूपमा नाम दर्ता गर्दा पेश गर्न पर्ने आवश्यक कागजातहरू र दस्तुर (गैर आवासीय नेपालीको हैसियतमा नाम दर्ता गराउन दिएको निवेदन बिदेशमा बस्ने नेपाली नागरिकहरूको प्रयोजनको लागि) निदेवनको नमुनाको लागि यहां क्लिक गर्नु होला ।
- बसोवास गरिरहेको मुलुकको नागरिकता खुल्ने कागजात-राहदानी वा राष्ट्रिय परिचय पत्रको सक्कल र एकएक प्रति नक्कल,
- विदेशी मुलुक को राष्ट्रिय परिचय पत्र पहिलो चोटी प्राप्त प्राप्त गरेको मिति वा राहदानी पहिलो चोटी प्राप्त गरेको मिति खुल्ने कागजात,
- नेपालको नागरिकता परित्याग गरेको भए सो नागरिकता परित्याग गरेको प्रमाण वा परित्याग गर्न प्रक्रिया शुरु गरेको प्रमाण,
- बाबु/आमा/बाजे/बज्यैको नागरिकताको प्रमाणपत्र नं.र जिल्लाको नाम वा निज नेपालको नागरिक भएको व्यहोरा खुल्ने कागजात,,
- नेपाल भन्दा बाहिर कुनै देशमा कुनै पेशा गरि बसेको भए सो खुल्ने कागजात वा व्यवसाय गरी वसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागाजत,
- नेपालभन्दा बाहिर कुनै देशमा रोजगारी गरी बसेको भए सो पुष्टी गर्ने कागजात,
- हालसालै खिचिएको पासपोर्ट साइजको दुइ प्रति र अटो सा ई ज को २ प्रति रंगीन फोटो,
- गैह्र आवासीय नेपालीका रूपमा नाम दर्ता निवेदन दिदा लाग्ने दस्तुर युरो 20 र
- गैह्र आवासीय नेपाली परिचय पत्र जारी गर्न लाग्ने दस्तूर : अमेरिकी डलर ५००/- बराबर को युरो