Power of Attorney

अधिकृत वारेसनामको कागज प्रमाणित गर्न आवश्यक पर्ने कागजपत्र र तत्सम्बन्धी जानकारी

  • मुलुकी देवानी कार्यविधि संहिता,२०७४ को दफा १५४ र मुलुकी देवानी संहिता, २०७४ दफा ४२५ मा उल्लेख भएबमोजिमको कामको लागि अधिकृत वारेस (अ. वा.) नियुक्त गर्नुपर्ने भए तोकिएको ढाचामा नेपाली कागजमा रितपूर्वक लेखिएको अधिकृत वारेसनामाको कागज दुर्इ प्रति । (अ. वा. को कागज अनुभवी व्यक्ति, कानून व्यवसायी वा लेखन्दासबाट तयार गराउनु होला)
  • अ. वा. दिने व्यक्तिले मुलुकी देवानी कार्यविधि नियमावली, २०७५ को अनुसूची-४५ बमोजिमको व्यहोरा खुलेको एउटा निवेदन ।(निवेदन अ. वा. को कागज लेखिदिने व्यक्तिले नै तयार गरिदिन्छन्)
  • घर जग्गा विक्री वा तत्सम्बन्धी अन्य कामका लागि अ. वा. नियुक्त गर्नुपर्ने भए सम्बन्धित जग्गाको धनिपूर्जाको सक्कलै प्रति एवं सोको फोटोकपी एक प्रति ।
    (धनिपूर्जाको सक्कल पेश गरेपछि मात्र अ. वा. प्रमाणित गरिनेछ)
  • सम्बन्ध विच्छेद सम्बन्धी मुद्दाको लागि अ. वा. नियुक्त गर्नुपर्ने भए विवाह दर्ता प्रमाणपत्र वा पती पत्नी बीचको नाता प्रमाणित प्रमाणपत्रको सक्कल वा नोटरी पव्लिकद्वारा प्रमाणित प्रतिलपि।
  • अ. वा. दिने र लिने दुवै जनाको नागरिकताको प्रमाणपत्रको नोटरी पव्लिकद्वारा प्रमाणित प्रतिलिपि।
  • अ. वा. दिने र लिने दुवै जनाको छ महिना भित्र खिचेको २/२ प्रति फोटाहरू ।
  • (पासपोर्ट सार्इजको फोटो अ. वा. को कागजमा नअट्ने भएकोले राहदानीको लागि आवश्यक पर्ने आकारको फोटा पेश गर्नुहुन । (राहदानीको लागि ४५ मि. मी. X ३५ मि. मी. (लम्बाइ र चौडाइ) अर्थात ४.५ से. मी. X ३.५ से. मी. (लम्बाइ र चौडाइ) तोकिएको छ)।
  • अ. वा. को कागजको किनारामा दुर्इ जना साक्षीको नाम, थर, उमेर र ठेगाना खुलार्इ उनीहरूको हस्ताक्षर भएको हुनुपर्छ । साथै, कागज तयार गर्ने वकिल वा लेखन्दासको समेत पूरा नाम र दस्तखत भएको हुनुपर्छ ।
  • अ. वा. दिनेले राजदूतको रोहवरमा सहीछाप गर्नुपर्ने भएकोले राजदूतावासमा स्वयं उपस्थित हुनुपर्नेछ। अ. वा. को कागज राजदूतले नै प्रमाणित गर्नुपर्ने भएकोले राजदूतावासमा सम्पर्क गरी राजदूतको समय लिएर मात्र आउनु हुन सम्बन्धित सवै सेवाग्राहीहरूलार्इ राजदूतावास अनुरोध गर्दछ ।समय नलिइ आउँदा कदाचित अ. वा. प्रमाणित हुन नसक्ने अवस्था भएमा राजदूतावासको जिम्मेवारी हुनेछैन।
  • पोर्चुगलमा वस्ने सेवाग्राहीले अ. वा. को कागजको अन्त्यतिर (मिति लेख्नु अघि) पोर्चुगलका लागि नेपालका राजदूतको रोहबरमा भन्ने व्यहोरा उल्लेख गर्नु/गराउनु हुन । त्यसैगरी, फ्रान्समा बसोबास गर्नुहुनेले फ्रान्सका लागि नेपालका राजदूत लेख्नु पर्छ ।
  • अ. वा. को कागजको अन्त्यमा मिति लेख्दा साल, महिना, गते र रोज खाली राख्नुहुन । अ. वा. प्रमाणित गरेका दिन मात्र मिति लेखिने भएकोले खाली छोड्नुपर्छ ।
    (जस्तै इति सम्वत् साल महिना गते रोज शुभम् )
  • अ. वा. प्रमाणित गर्न युरो २००/- शुल्क लाग्छ । शुल्क राजदूतावासमा आउँदा नगद साथमै लिएर आउन सकिन्छ। राजदूतावासमा आउनु अघि अ. वा. को कागज इमेलबाट पठाउनु हुन र राजदूतावासले अ. वा. को कागज मिलेको जानकारी दिएपछि मात्र लाग्ने शुल्क राजदूतावासको निम्न लिखित वैक र खाता नम्बरमा पनि पठाउन सकिनेछ:
Name of the Bank: SOCIETE GENERALE
Bank Address: SG PARIS ELEYSEES ENTREPR (03392)
91AV CHAMPS ELYSEES
75008 PARIS
BENEFICIARY: EMBASSY OF NEPAL, PARIS
IBAN: FR76 3000 3033 9200 2503 6235 046
BIC -ADDRESS SWIFT: SOGEFRPP