कागजात प्रमाणीकरणः
नेपाल सरकार, परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरिएका कागजातहरु यस राजदूतावासबाट प्रमाणीकरण गर्नुपर्ने भएमा सोको लागि निम्नानुसार कागजात पेश गर्नुपर्नेछः
प्रमाणीकरण गर्नु पर्ने कागजातको नाम उल्लेख गरिएको निवेदन।
नेपाली राहदानीको प्रतिलिपि एक प्रति ।
प्रमाणीकरण गर्नुपर्ने हरेक कागजातको सक्कल तथा प्रतिलिपि।
फ्रान्स, पोर्चुगल, एण्डोरा र मोनाकोमा बसोबास गरेको प्रमाण (Residency Proof) वा उल्लिखित देशहरूमा आवासीय भिसा
(लामो वा छोटो अवधिको) प्राप्त गरेको प्रमाण।
प्रमाणीकरण बापत लाग्ने प्रत्येक कागज (प्रत्येक पानाको होइन) वापतको दस्तुर ।
नोट:
(क) कागजात प्रमाणीकरण वापत लाग्ने दस्तुर यसै वेवसाइटमा Consular Fees शीर्षकमा उल्लेख भएबमोजिम हुनेछ ।