Travel Documents

यात्रा अनुमतिपत्रः

फ्रान्स, पोर्चुगल, एण्डोरा र मोनाकोमा बसोबास गर्ने कुनै नेपाली नागरिकको राहदानी हराएको वा नष्ट भएको, राहदानीको म्याद सकिएको र तुरुन्तै नेपाल फर्कन आवश्यक भएको कारण जनाई देहायका कागजात संलग्न राखी निवेदन पेश गरेमा राजदूतावासबाट निवेदकको नाममा यात्रा अनुमतिपत्र जारी गरिनेछ ।

यात्रा अनुमतिपत्रको लागि नेपाली नागरिकहरूले निवेदन साथ निम्न कागजात पेश गर्नु पर्नेछ:

  1. रितपूर्वक भरिएको दरखास्त फाराम १ प्रति ।
  2. पुरानो राहदानीको प्रतिलिपि एक प्रति ।
  3. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सोको प्रतिलिपि एक प्रति ।
    (पुरानो राहदानीको प्रतिलिपि पेश गरेको भए नागरिकताको प्रमाणपत्रको सक्कल नभएमा सोको प्रतिलिपिको आधारमा कारवाही अगाडि बढाइने छ) ।
  4. छ महिनाभित्र खिचेको 35 mm x 45 mm आकारको रङ्गीन फोटाहरू दुई प्रति ।
  5. यात्रा अनुमति पत्र वापत लाग्ने दस्तूर वैंङ्कबाट पठाएको (Bank transfer) गरेको रसिद वा राजदूताबासमा नगद दस्तुर तिरेको रसिद ।

नोट:

  • यात्रा अनुमति पत्रको म्याद ३ महिनाको हुनेछ ।
  • यात्रा अनुमतिपत्रको लागि पेश गरेको निवेदनमा निवेदकले प्रदेशको नाम वा प्रदेश नम्वर र आफ्नो गाँउपालिका वा नगरपालिकाको नाम र वडा नम्वर समेत उल्लेख गर्नुपर्नेछ ।
  • यात्रा अनुमतिपत्र वापत लाग्ने दस्तुर यसै वेवसाइटमा Consular Fees शीर्षकमा उल्लेख भएबमोजिम हुनेछ ।