NRN Card

नागरिकता परित्यागः

नागरिकता परित्यागको लागि भर्नु पर्ने फाराम को लागि यहां क्लिक गर्नु होला
नेपाली नागरिकता परित्याग गर्न चाहने नेपाली नागरिकले आबश्यक निवेदन फाराम भरि राजदूतावासमा पेश गर्नु पर्ने । प्राप्त निवेदनमा राजदूतावासले आबश्यक कारवाही गरी प्रकृया पुरा भएपछि सम्बन्धितलाइ जानकारी उपलव्ध गराउने छ।

गैह्र आवासीय नेपालीहरूको परिचय पत्र सम्बन्धमा

  1. बिदेशमा बस्ने नेपाली नागरिकहरूका रूपमा नाम दर्ता गर्दा पेश गर्न पर्ने वश्यक कागजातहरू (गैर आवासीय नेपालीको हैसियतमा नाम दर्ता गराउन दिएको निवेदन – नेपाली मूलको विदेशी नागरिकको प्रयोजनको लागि) निदेवनको नमुनाको लागि यहां क्लिक गर्नु होला ।
    • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
    • नेपाली राहदानीको प्रतिलिपि,
    • विदेशमा कुनै व्यवसाय गरी वसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात,
    • विदेशमा पेशा वा रोजगारी गरी वसेको भए सो पुष्टी गर्ने कागजात,
    • कुनै अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत रहेको भए सो संस्थाको नियुक्तिपत्र तथा हाल कार्यरत रहेको भन्ने व्यहोरा खुल्ने कागजात,
    • हालसालै खिचिएको पासपोर्ट साइजको दुइ प्रति र अटो सा ई ज को २ प्रति रंगीन फोटो र
    • गैह्र आवासीय नेपालीका रूपमा नाम दर्ता गर्न निवेदन दिदा लाग्ने दस्तुर युरो १६
  2. नेपाली मूलको विदेशी नागरिकको रूपमा नाम दर्ता गर्दा पेश गर्न पर्ने आवश्यक कागजातहरू र दस्तुर (गैर आवासीय नेपालीको हैसियतमा नाम दर्ता गराउन दिएको निवेदन बिदेशमा बस्ने नेपाली नागरिकहरूको प्रयोजनको लागि) निदेवनको नमुनाको लागि यहां क्लिक गर्नु होला ।
    • बसोवास गरिरहेको मुलुकको नागरिकता खुल्ने कागजात-राहदानी वा राष्ट्रिय परिचय पत्रको सक्कल र एकएक प्रति नक्कल,
    • विदेशी मुलुक को राष्ट्रिय परिचय पत्र पहिलो चोटी प्राप्त प्राप्त गरेको मिति वा राहदानी पहिलो चोटी प्राप्त गरेको मिति खुल्ने कागजात,
    • नेपालको नागरिकता परित्याग गरेको भए सो नागरिकता परित्याग गरेको प्रमाण वा परित्याग गर्न प्रक्रिया शुरु गरेको प्रमाण,
    • बाबु/आमा/बाजे/बज्यैको नागरिकताको प्रमाणपत्र नं.र जिल्लाको नाम वा निज नेपालको नागरिक भएको व्यहोरा खुल्ने कागजात,,
    • नेपाल भन्दा बाहिर कुनै देशमा कुनै पेशा गरि बसेको भए सो खुल्ने कागजात वा व्यवसाय गरी वसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागाजत,
    • नेपालभन्दा बाहिर कुनै देशमा रोजगारी गरी बसेको भए सो पुष्टी गर्ने कागजात,
    • हालसालै खिचिएको पासपोर्ट साइजको दुइ प्रति र अटो सा ई ज को २ प्रति रंगीन फोटो,
    • गैह्र आवासीय नेपालीका रूपमा नाम दर्ता निवेदन दिदा लाग्ने दस्तुर युरो 20 र
    • गैह्र आवासीय नेपाली परिचय पत्र जारी गर्न लाग्ने दस्तूर : अमेरिकी डलर ५००/- बराबर को युरो