NepalFlag

A.D.:

Nepal Samvat: 1145 GULATHWA ASTAMI - 8

Vital Registration (Birth & Death)

Vital Registration (Birth and Death)

यस राजदूतावासबाट व्यक्तिगत घटना (जन्म र मृत्यु) दर्ता गर्ने प्रकृया

हाललाई जन्म दर्ता तथा मृत्यु दर्तामात्र गरिने ।
हाललाई यस राजदूतावास रहेको देश तथा सहप्रमाणीकरण भएका मुलुकमा रहेका नेपाली बाबु आमा बाट जन्म भएका बच्चा र सम्बन्धित देशमा मृत्यु भएका नेपाली नागरिकको मात्र घटना दर्ता हुन्छ ।
जन्मको हकमा राजदूतावासको कार्यक्षेत्रभित्र पर्ने देशमा रहेका बच्चाको बाबु वा आमा वा परिवारको १८ वर्ष उमेर पुगेको व्यक्तिले।
मृत्युको हकमा बाबु/आमा, पति/पत्नी, छोरा/छोरीले वा निजहरुको अनुपस्थितिमा परिवारको १८ वर्ष उमेर पुगेको व्यक्तिले।
कानुनी रुपमा सूचना दिन योग्य व्यक्ति स्वयं राजदूतावासमा उपस्थित भएर वा अनलाईन पोर्टल https://public.donidcr.gov.np/ मार्फत (अनलाईन पोर्टलको लिङ्क विभागको वेबसाईट https://donidcr.gov.np बाट पनि प्राप्त गर्न सकिनेछ)।
हाललाई यो सुविधा उपलब्ध छैन। हाललाई यस राजदूतावासमा दर्ता भएका घटना दर्ताको मात्र संशोधन वा प्रतिलिपि निकाल्न सकिने व्यवस्था रहेको छ ।
विभागको वेबसाईट https://donidcr.gov.np/Download/News?id=५&Did=२ वा यस राजदूतावासको वेबसाईटबाट प्राप्त गर्न सकिनेछ।
अनलाईन सूचना फाराम भरी संलग्न गर्नुपर्ने कागजातको सक्कल प्रति सहित राजदूतावासमा उपस्थित हुनुपर्नेछ र राजदूतावासका स्थानीय पञ्जिकाधिकारीले आवश्यक विवरण रुजु गरी प्रमाणपत्र उपलब्ध गराउनेछन् ।
अनलाईनमार्फत सूचना भर्न असमर्थ भएमा संलग्न गर्नुपर्ने कागजात र सूचना फारामको सक्कल प्रति सहित राजदूतावासमा उपस्थित भई प्राप्त गर्न सकिनेछ।

जन्म दर्ता

मृत्यु दर्ता

घटना घटेको ३५ दिन भित्र दर्ता गर्दा कुनै पनि शुल्क तिर्नु पर्दैन। ३५ दिन भन्दा ढिला हुन गएमा २५ युरो बिलम्ब शुल्कबापत तिर्नुपर्ने हुन्छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली, २०७७ को अनुसूची-३ बमोजिम ३० युरो शुल्क लाग्दछ।
एक पटक नेपाली नियोगमा दर्ता भएको घटना दर्ता पुनः नेपालमा दर्ता गर्नु पर्दैन।

व्यक्तिगत घटना दर्ता फाराममा नेपाली फन्टमा पनि केही विवरण भर्नुपर्नेमा आवेदकले त्यस्तो विवरण भर्न नसकेको खण्डमा म्यानुअल फाराम समेत भरी यस राजदूतावासमा पेश गर्नुपर्ने हुन्छ ।