प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

Dead Body Repatriation

यस राजदूतावासको कार्यक्षेत्र अन्तर्गत पर्ने मलुकुहरूः फ्रान्स, मोनाको तथा एण्डोराबाट मृतकको शव नेपाल झिकाउने वा विदेशमा दाहसंस्कार गर्नको लागि आवश्यक पर्ने कागजातहरूः

विदेशबाट मृतकको शव नेपाल झिकाउन:

कन्सुलर सेवा विभाग, त्रिपुरेश्वर, काठमाण्डौंमा मृतकको नजिकको कानुनी हकदारले शव नेपाल झिकाउनको लागि आवेदन दिनुपर्ने हुन्छ। शव झिकाउन मृतकको नजिकको कानुनी हकदारले स्वयं कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरमा वा Online मार्फत फारम भरी आवेदन फारम पेश गर्नु पर्नेछ।

आवेदन फारम भर्न निम्न बमोजिम व्यहोरा उल्लेख गरेको कागजातहरू अपलोड वा विभागमा पेश गर्नु पर्ने हुन्छ।

शव झिकाउनको लागि कन्सुलर सेवा विभाग, त्रिपुरेश्वर, काठमाण्डौंको वेबसाइट https://nepalconsular.gov.np/ मा फारम भर्न Online Legal Services मा Click गरेर Online फारम भर्ने(मृतकको नजिकको कानुनी हकदारले भर्नु पर्ने)।

मृतक कार्यरत कम्पनीको नाम, ठेगाना र सम्पर्क नम्बर अनिवार्य उल्लेख गर्ने।

सम्भव भएसम्म मृतकको राहदानी (Passport) Scan Copy Upload गर्ने।

नोट:

Online फारम बाहेक आवश्यक कागजातहरू Upload गर्नको लागि Add Document मा Click गरेर Upload गर्ने। मृतकको मृत्युदर्ता प्रमाणपत्र (मृतक बसोबास गरेको देशको)

विदेशमा दाहसंस्कार गर्नको लागि चाहिने थप कागजातहरू:

१. वडा/न.पा/गा.पा/जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र

२. नजिकको कानुनी हकदारको मंजुरीनामा (Affidavit) दिने *मंजुरीनामा (Affidavit) नमुनाका लागि यहाँ click गर्ने

३. मृतकसंगको नाता प्रमाणपत्र

४. नजिकको कानुनी हकदारको नागरिकता वा नेपाल सरकारबाट जारी फोटो प्रमाणपत्र