यस राजदूतावासको कार्यक्षेत्र अन्तरगत पर्ने मलुकहरूः फ्रान्स, मोनाको तथा एण्डोराबाट मृतकको शब नेपाल झिकाउन वा विदेशमा दाहसंस्कार गर्नको लागि लाग्ने कागजातहरू वा विदेशबाट मृतकको शव नेपाल झिकाउन:
१. कन्सलुर सेवा विभाग, त्रिपुरेश्वर, काठमाण्डौंमा मृतकको नजिकको कानुनी हकदारले शब नेपाल झिकाउनको लागि आवेदन भर्नु पर्ने हुन्छ। शब झिकाउन मृतकको नजिकको कानुनी हकदार स्वयं कन्सलुर सेवा विभाग, त्रिपुरेश्वरमा गर्ई वा Online मार्फत फारम भरी आवेदन भर्नु पर्ने हुन्छ। आवेदन भर्दा निम्न बमोजिमको व्यहोरा उल्लेख गरी कागजातहरू अपलोड वा विभागमा पेश गर्नु पर्ने हुन्छ।
➢ शब झिकाउनको लागि कन्सलुर सेवा विभाग, त्रिपुरेश्वर, काठमाण्डौंको वेबसाइट https://nepalconsular.gov.np/ मा गर्ई Online Legal Services मा Click गरेर Online फारम भर्ने(मृतकको नजिकको कानुनी हकदारले भर्नु पर्ने)
➢ मृतक कार्यरत कम्पनीको नाम, ठेगाना र सम्पर्क नम्बर अनिवार्य उल्लेख गर्ने।
➢ सम्भव भएसम्म मृतकको राहदानी (Passport) Scan Copy Upload गर्ने।
नोट: Online फारम बाहेक आवश्यक कागजात Upload गर्नको लागि Add Document मा Click गरेर Upload गर्ने
2. मृतकको मृत्यु दर्ता प्रमाणपत्र (मृतक बसोबास गरेको देशको) वा सो देशमा दाहसंस्कार गर्नको लागि चाहिने थप कागजातहरू:
१. वडा/गा.पा/न.पा/जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र
२. नजिकको कानुनी हकदारको मंजुरीनामा (Affidavit) *मंजुरीनामा(Affidavit) नमुनाका लागि यहाँ Click गर्नुहोस्
३. मृतकसंगको नाता प्रमाणपत्र
४. नजिकको कानुनी हकदारको नागरिकता वा नेपाल सरकारबाट जारी फोटो प्रमाणपत्र