प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

Attestation

Attestation

कागजात प्रमाणीकरणः

नेपाल सरकार, परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरिएका कागजातहरु यस राजदूतावासबाट प्रमाणीकरण गर्नुपर्ने भएमा सोको लागि निम्नानुसार कागजात पेश गर्नुपर्नेछः
 प्रमाणीकरण गर्नु पर्ने कागजातको नाम उल्लेख गरिएको निवेदन।
 नेपाली राहदानीको प्रतिलिपि एक प्रति ।

 नेपाली नागरिकताको प्रतिलिपि एक प्रति।
 प्रमाणीकरण गर्नुपर्ने हरेक कागजातको सक्कल तथा प्रतिलिपि।
 फ्रान्स, एण्डोरा र मोनाकोमा बसोबास गरेको प्रमाण (Residency Proof) वा उल्लिखित देशहरूमा आवासीय भिसा
(लामो वा छोटो अवधिको) प्राप्त गरेको प्रमाण।
 प्रमाणीकरण बापत लाग्ने प्रत्येक कागज (प्रत्येक पानाको होइन) वापतको दस्तुर यूराे ५०।

क्युट्युम प्रमाणपत्रकाे लागि पेश गर्नुपर्ने कागजातहरू:
 निवेदन।
 नेपाली राहदानीको प्रतिलिपि एक प्रति ।
 नेपाली नागरिकताको प्रतिलिपि एक प्रति।
 अविवाहित प्रमाणपत्रको प्रतिलिपि एक प्रति।
 फ्रान्स, एण्डोरा र मोनाकोमा बसोबास गरेको प्रमाण (Residency Proof) वा उल्लिखित देशहरूमा आवासीय भिसा
(लामो वा छोटो अवधिको) प्राप्त गरेको प्रमाण।
 प्रमाणपत्र वापत लाग्ने दस्तुर यूराे ५०।