FAQ

विद्युतीय राहदानी (E-passport) कहिले बनाउने?

हालको यन्त्र वाचक राहदानी (MRP) को म्याद १ वर्ष भन्दा कम भएमा विद्युतीय राहदानीका लागि आवेदन दिन सकिने छ।

 

दूतावासबाट नेपाली राहदानी (E-passport) को लागि नविकरणका लागि आवेदन दिने प्रक्रिया के हो?

आवेदकले निम्न कागजातसहित राहदानीका लागि दूतावास आउनु पर्ने छ:

  • राहदानी आवेदन(Online Application Form) फारम (१ प्रतिलिपि)
  • हालको राहदानी र यसको प्रतिलिपि (भएमा)
  • मूल नेपाली नागरिकता प्रमाणपत्र र यसको प्रतिलिपि
  • सक्कल राहदानी र प्रतिलिपि (राहदानी हराएको/चोरी भएको/क्षति भएको हकमा राहदानीको प्रतिलिपि) तथा राहदानी हराएको सम्बन्धित देशको Police Report अनिवार्य रूपमा संलग्न गर्ने।
  • सक्कल नेपाली नागरिकताको प्रमाणपत्र र प्रतिलिपि (यदि सक्कल उपलब्ध नभएमा नागरिकताको स्पष्ट बुझिने प्रतिलिपि),
  • सम्बन्धित देशमा रहेको प्रमाण जनाउने कागजात (जस्तै, आवास अनुमति पत्र, entry stamp सहितको भिसाको प्रति आदि)
  • विवाह वा सम्बन्धविच्छेद पश्चात थर परिवर्तन भएको खण्डमा विवाह दर्ता वा सम्बन्धविच्छेद दर्ता प्रमाणपत्रको प्रतिलिपि।
  • तोकिएको शुल्क

 

नेपाली आमा-बाबुका नाबालिग सन्तानको दूतावासबाट नेपाली राहदानी (E-passport) को लागि नविकरणका लागि आवेदन दिने प्रक्रिया के हो?

  • राहदानी आवेदन(Online Application Form) फारम (१ प्रतिलिपि)
  • हालको राहदानी र यसको प्रतिलिपि
  • राहदानी हराएको/चोरी भएको/क्षति भएको हकमा राहदानीको प्रतिलिपि) तथा राहदानी हराएको सम्बन्धित देशको Police Report अनिवार्य रूपमा संलग्न गर्ने।
  • सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयबाट नाबालिग परिचयपत्रको सक्कल प्रति र सोको प्रतिलिपि १ प्रति।
  • आमा बाबु दुवै जनाको नागरिकताको सक्कल प्रति र प्रतिलिपि १ प्रति,
  • आमा बाबु दुवै जनाको राहदानीको सक्कल प्रति र प्रतिलिपि १ प्रति,
  • आमा बाबुको विवाह दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि एक,
  • नाबालकको जन्म दर्ताको सक्कल प्रति र सोको प्रतिलिपि १ प्रति,

 

विदेशमै जन्मिएका नेपाली आमा-बाबुका सन्तानको पहिलो पटक राहदानीका लागि आवेदन दिन के प्रक्रिया छ ?

नेपाली आमा-बाबुबाट विदेशमा जन्मेका सन्तानको हकमा नाबालिग परिचयपत्र नहुने भएकोले फ्रान्सको जन्म दर्ताको प्रमाणपत्र (Birth Registration Certificate) लाई मुख्य आधार मानी सो नम्बर Online Application Form भर्दा ्lineथाले पश्चात सो नम्बर राख्र    नागरिकता भनेको महलमा उल्लेख गर्ने तथा दूतावासमा जन्म दर्ताको प्रमाणपत्र (Birth Registration Certificate) को प्रक्रिया थाले पश्चात प्राप्त भएको नम्बर राख्नु पर्दछ । यसका साथ निम्न अनुसारका थप कागजातहरू आवश्यक पर्दछन्:

  • आमा बाबु दुवै जनाको नागरिकताको सक्कल प्रति र प्रतिलिपि १ प्रति,
  • आमा बाबु दुवै जनाको राहदानीको सक्कल प्रति र प्रतिलिपि १ प्रति,
  • आमा बाबुको विवाह दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि एक,
  • नाबालकको जन्म दर्ताको सक्कल प्रति र सोको प्रतिलिपि १ प्रति,
  • नाबालकको हालै खिचेको पासपोर्ट आकारको फोटाहरू २ प्रति
  • माथि उल्लिखित कागजात सहित राजदूतावासमा आवेदन दिए पछि नाबालिगको राहदानीको दरखास्त फाराममा नागरिकता नम्बर लेख्ने स्थानमा यस राजदूतावासले उपलब्ध गराएको जन्म दर्ताको नम्बर उल्लेख गर्नु पर्नेछ।
  • याद गर्नुहोस्- यसरी एक पटक नाबालिगका नाममा राहदानी जारी गरे पश्चात् अर्को पटक राहदानी जारी गर्नका लागि नाबालिग परिचयपत्र अनिवार्य हुने भएकोले यसरी राहदानी बनाए पछि अनिवार्य रूपमा नेपाल गई सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयबाट नाबालिग परिचयपत्र बनाउनु होला ।

 

विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हो? के राजदूतावासबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिन्छ?

राहदानीका लागि राजदूतावासमा आवेदन दिँदा राष्ट्रिय परिचयपत्र अनिवार्य छैन। याद गर्नुहोसः- यदि तपाईसँग राष्ट्रिय परिचय पत्र भने पनि अर्को व्यवस्था नभए सम्मका लागि हाललाई फाराम भर्दा यसको उल्लेख नगर्नु होला।

राजदूतावासबाट राष्ट्रिय परिचय पत्र बनाउन सकिँदैन। त्यसैले यदि नेपाल जानु भयो भने राष्ट्रिय परिचयपत्र बनाउनु हुन सुझाव दिइन्छ। यदी नेपाल गइएन राष्ट्रिय परिचय पत्र छैन भने पनि एक पटकका लागि नियमानुसारको अवधि ( वा वा १० वर्ष) रहने गरी विद्युतीय राहदानी जारी हुन्छ उक्त अवधि भित्र नेपाल गई राष्ट्रिय परिचय पत्र बनाउन सकिने छ।

 

एमआरपीको म्याद बाँकी बहाल रहेको अवस्थामा विद्युतीय राहदानी बनाउन सकिन्छ?

सामान्यतः ६ महिना भन्दा बढी अवधि भएको राहदानी आफूसँग भएमा नयाँ राहदानी बनाउन सकिँदैन । तर राहदानी हराएमा वा च्यातिई, जलि, कुनै तरल पदार्थ पोखिई वा अन्य कारणले राहदानीमा क्षति पुगेमा वा पाना भरिएमा भने नयाँ राहदानी बनाउन सकिन्छ । यदी राहदानीको अवधि छ (६) महिना भन्दा बढी छ तर लामो समयका लागि भिसा आवेदन दिनु पर्नाको कारणले वा अन्य कुनै उचित कारणले अहिले नै राहदानी नवीकरण गर्नु परेमा सोही कारण खोली राजदूतावासलाई अनुरोध गर्न सकिने छ र यस सम्बन्धमा राजदूतावासले आवश्यक परामर्श दिने छ।

 

राहदानीमा भएको विवरणमा त्रुटि देखिएमा के गर्ने ?

राहदानी छपाइ हुँदा कुनै त्रुटि भएमा नयाँ राहदानी लिनु पर्दछ। यदि विभाग/कार्यालयको गल्तीका कारण फाराममा भएको विवरण भन्दा राहदानीमा छापिएको विवरण फरक परेमा एक वर्षभित्र र राहदानी प्रयोग नभएको भएमा पुनः दस्तुर लाग्दैन। अन्यथा नियमानुसार दस्तुर लाग्ने हुन्छ । यस प्रकारको त्रुटि सच्याउन लागि सम्बन्धित कार्यालय वा विभागमा आवेदन दिन सकिन्छ।

 

के राहदानी नवीकरण गर्दा पुरानो सङ्ख्या (Number) कै राहदानी बन्दछ ? मेरो राहदानीमा भिसा छ, नवीकरण गर्दा के हुन्छ ?

बन्दैन।

पुरानो राहदानी र नयाँ राहदानीको नम्बर फरक हुन्छ। नयाँ राहदानीमा पुरानो राहदानी सङ्ख्या समेत उल्लेख गरिने भएकोले सामान्यतः पुरानो राहदानीमा भएको भिसा मान्य हुन्छ। यो विषय मुलुक पिच्छेको नियममा निर्भर गर्ने भएकोले जुन मुलुकको भ्रमण गर्ने हो वा जुन मुलुकको भिसा लिएको हो, सोही मुलुकको आधिकारिक निकायसँग बुझ्नु राम्रो हुन्छ।

 

हराएको राहदानीको सट्टा नयाँ राहदानी बनाइ सकेपछि पुरानो राहदानी भेटियो, के गर्ने?

हराएको राहदानी भेटिएमा तुरुन्तै राजदूतावासमा सम्पर्क गरी राहदानी रद्द गराउनु पर्दछ। हराएको राहदानी भेटिए तापनि हराएको जानकारी Interpol मार्फत विदेशमा समेत पठाइने भएकोले त्यस्तो राहदानी प्रयोग गर्न मिल्दैन। हराएको राहदानी लिई यात्रा गरेमा सम्बन्धित मुलुकको अध्यागमन नियम अनुसार कारबाही हुन्छ ।

 

नेपाल फर्कने नेपाली नागरिकको एकतर्फी यात्रा कागजात (One-Way Travel Document) प्राप्त गर्न कुन कागजातहरू चाहिन्छन्?

  • रितपूर्वक भरिएको दरखास्त फाराम १ प्रति ।
  • नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सोको प्रतिलिपि एक प्रति ।
  • राहदानी वा नेपाली नागरिकताको प्रतिलिपि
  • (पुरानो राहदानीको प्रतिलिपि पेश गरेको भए नागरिकताको प्रमाणपत्रको सक्कल नभएमा सोको प्रतिलिपिको आधारमा कारवाही अगाडि बढाइने छ) ।
  • छ महिनाभित्र खिचेको 35 mm x 45 mm आकारको रङ्गीन फोटाहरू दुई प्रति ।
  • सक्कल राहदानी वा नागरिकता प्रमाणपत्र नभएको कारण खुलाई दूतावास समक्ष एकतर्फी यात्रा कागजातका लागि निवेदन।

विदेशमा रहेका समयमा जन्मिएका सन्तानको एकतर्फी यात्रा कागजात (One-Way Travel Document)  कसरी बनाउने?

यदि बच्चासहित तत्काल नेपाल फर्कनु पर्ने भएमा यात्रा अनुमति पत्रका लागि राजदूतावासमा आवेदन दिन सकिने छ। विदेशी बाबु र नेपाली आमाबाट जन्मिएका बच्चाको हकमा राहदानीका लागि बाबु नागरिक रहेको मुलुकको सम्बन्धित निकायमा सम्पर्क राख्नु पर्दछ।

 

फ्रान्समा मृत्यु भएको नेपाली नागरिकको शव नेपाल लैजान NOC प्राप्त गर्न कुन कागजातहरू चाहिन्छ?

  • मृत्यु प्रमाणपत्रको प्रतिलिपि
  • प्रहरी प्रतिवेदन / पी.सी.सी प्रतिलिपि
  • मृतकको नागरिकता व राहदानीको प्रतिलिपि
  • आफन्तको (शव लैजाने व्यक्ति) नागरिकता/राहदानीको प्रतिलिपि
  • आफन्तद्वारा दूतावास समक्ष एन.ओ.सी. पत्रका लागि पेश गरिएको निवेदन।

 

विवाह प्रमाणपत्र/प्रहरी प्रतिवेदन/जन्म दर्ता/स्वास्थ्य प्रमाणपत्र/शैक्षिक प्रमाणपत्र दूतावासबाट प्रमाणित (Attested/Apostilled) गर्न के गर्नुपर्छ?

दूतावासमा प्रमाणीकरणका लागि पेश गरिने कागजातहरू पहिले सम्बन्धित सरकारी निकायबाट र त्यसपछि नेपालको कन्सुलर सेवा विभागबाट प्रमाणित भएको हुनुपर्दछ।

  • प्रमाणित गर्नुपर्ने कागजातहरूको प्रतिलिपि तथा अन्य आवश्यक कागजातहरू
  • दूतावासले उपलब्ध गराएको निवेदन फारम भरी कागजातको आवश्यकताको कारण खुलाई दूतावासमा पेश गर्नुपर्दछ।

 

अधिकृत वारेसनामको कागज प्रमाणित गर्न आवश्यक पर्ने कागजपत्र के हुन?

मुलुकी देवानी कार्यविधि संहिता,२०७४ को दफा १५४ र मुलुकी देवानी संहिता, २०७४ दफा ४२५ मा उल्लेख भए बमोजिमको कामको लागि अधिकृत वारेस (अ. वा.) नियुक्त गर्नुपर्ने भए तोकिएको ढाँचामा नेपाली कागजमा रितपूर्वक लेखिएको अधिकृत वारेसनामाको कागज दुई प्रति। (अ. वा. को कागज अनुभवी व्यक्ति, कानून व्यवसायी वा लेखन्दासबाट तयार गराउने)

  • अ. वा. दिने व्यक्तिले मुलुकी देवानी कार्यविधि नियमावली, २०७५ को अनुसूची-४५ बमोजिमको व्यहोरा खुलेको एउटा निवेदन ।(निवेदन अ. वा. को कागज लेखिदिने व्यक्तिले नै तयार गरिदिन्छन्)
  • घर जग्गा बिक्री वा तत्सम्बन्धी अन्य कामका लागि अ. वा. नियुक्त गर्नुपर्ने भए सम्बन्धित जग्गाको धनिपूर्जाको सक्कलै प्रति एवं सोको फोटोकपी एक प्रति ।
    (धनिपूर्जाको सक्कल पेश गरेपछि मात्र अ. वा. प्रमाणित गरिनेछ)
  • सम्बन्ध विच्छेद सम्बन्धी मुद्दाको लागि अ. वा. नियुक्त गर्नुपर्ने भए विवाह दर्ता प्रमाणपत्र वा पति पत्नी बीचको नाता प्रमाणित प्रमाणपत्रको सक्कल वा नोटरी पब्लिकद्वारा प्रमाणित प्रतिलपि।
  • अ. वा. दिने र लिने दुवै जनाको नागरिकताको प्रमाणपत्रको सक्कल वा नोटरी पब्लिकद्वारा प्रमाणित प्रतिलिपि।
  • अ. वा. दिने र लिने दुवै जनाको छ महिना भित्र खिचेको २/२ प्रति फोटाहरू ।
  • (पासपोर्ट साइजको फोटो अ. वा. को कागजमा नअट्ने भएकोले राहदानीको लागि आवश्यक पर्ने आकारको फोटा पेश गर्नुहुन । (राहदानीको लागि ४५ मि. मी. X ३५ मि. मी. (लम्बाई र चौडाई) अर्थात ४.५ से. मी. X ३.५ से. मी. (लम्बाई र चौडाई) तोकिएको छ)।
  • अ. वा. को कागजको किनारामा दुर्इ जना साक्षीको नाम, थर, उमेर र ठेगाना खुलार्इ उनीहरूको हस्ताक्षर भएको हुनुपर्छ । साथै, कागज तयार गर्ने वकिल वा लेखन्दासको समेत पूरा नाम र दस्तखत भएको हुनुपर्छ ।
  • अ. वा. दिनेले राजदूतको रोहवरमा सहीछाप गर्नुपर्ने भएकोले राजदूतावासमा स्वयं उपस्थित हुनुपर्नेछ। अ. वा. को कागज राजदूतले नै प्रमाणित गर्नुपर्ने भएकोले राजदूतावासमा सम्पर्क गरी राजदूतको समय लिएर मात्र आउनु हुन सम्बन्धित सबै सेवाग्राहीहरूलार्इ राजदूतावास अनुरोध गर्दछ। समय नलिइ आउँदा कदाचित अ. वा. प्रमाणित हुन नसक्ने अवस्था भएमा राजदूतावासको जिम्मेवारी हुनेछैन।
  • अ. वा. को कागजको अन्त्यतिर (मिति लेख्नु अघि) फ्रान्समा बसोबास गर्नुहुनेले फ्रान्सका लागि नेपालका राजदूत लेख्नु पर्छ ।
  • अ. वा. को कागजको अन्त्यमा मिति लेख्दा साल, महिना, गते र रोज खाली राख्नुहुन । अ. वा. प्रमाणित गरेका दिन मात्र मिति लेखिने भएकोले खाली छोड्नुपर्छ ।
    (जस्तै इति सम्वत् साल महिना गते रोज शुभम् )
  • अ. वा. प्रमाणित गर्न युरो ५/- राजस्व दस्तुर लाग्ने तर तीन पुस्ताबाहेक अरूलाई सम्पत्ति बिक्री गर्ने वा हक छाडिदिनेको हकमा भने युरो ४०/- राजस्व दस्तुर लाग्ने। राजदूतावासमा आउनु अघि अ. वा. को कागज इमेलबाट (eonparis@mofa.gov.np) मा पठाउने र राजदूतावासले अ. वा. को कागज मिलेको जानकारी दिएपछि मात्र appointment लिई सबै सक्कली कागजपत्र लिएर राजदुतवासमा आउने।

 

How to fill the Online Visa Application to apply at the Embassy of Nepal, Paris?

Visitors who wish to apply for Tourist Visa to Nepal must fill an online visa application form available at the following portal:

https://nepaliport.immigration.gov.np/onlinevisa-mission/application

 

What are the requirements for the process for Tourist Visa?

Passport and its copies (bio-page and other relevant pages, if any). Please note that the passport should be valid for at least six months from entry into Nepal and should have at least two empty pages).

▪ Copy of Residence Permit (Titre de Séjour) or French visa if the applicant is not a French national.

▪ If the applicant is a resident of France and applying by post, a postage-paid self-addressed envelope to return the passport.

▪ Visa fee: French nationals and residents of France can pay visa fees in cash or by cheque.

 

 

What are the requirements for the process for Tourist Visa for the holders of Travel Document?

The following are the requirements for a tourist visa for the applicants holding Travel Documents:

▪ Duly filled out the Online Visa application form.

▪ Travel Document and its copies (bio-page and other relevant pages, if any). (Please note that the Travel Document should be valid for at least six months from the entry into Nepal and should have at least two empty pages).

▪ Copy of Residence Permit.

▪ A salary certificate issued by the employer.

▪ Confirmation of the hotel reservation or a signed sponsorship letter if the accommodation is provided by the sponsor. A copy of the Nepali citizenship certificate and full mailing address including the sponsor's mobile number and email address is required.

▪ Visa fee (in cash) (Please note that the applicant holding a Travel Document must apply at the Embassy in person.)