Attestation

कागजात प्रमाणीकरणः

नेपाल सरकार, परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरिएका कागजातहरु यस राजदूतावासबाट प्रमाणीकरण गर्नुपर्ने भएमा सोको लागि निम्नानुसार कागजात पेश गर्नुपर्नेछः
 प्रमाणीकरण गर्नु पर्ने कागजातको नाम उल्लेख गरिएको निवेदन।
 नेपाली राहदानीको प्रतिलिपि एक प्रति ।
 प्रमाणीकरण गर्नुपर्ने हरेक कागजातको सक्कल तथा प्रतिलिपि।
 फ्रान्स, पोर्चुगल, एण्डोरा र मोनाकोमा बसोबास गरेको प्रमाण (Residency Proof) वा उल्लिखित देशहरूमा आवासीय भिसा
(लामो वा छोटो अवधिको) प्राप्त गरेको प्रमाण।
 प्रमाणीकरण बापत लाग्ने प्रत्येक कागज (प्रत्येक पानाको होइन) वापतको दस्तुर ।

नोट:
(क) कागजात प्रमाणीकरण वापत लाग्ने दस्तुर यसै वेवसाइटमा Consular Fees शीर्षकमा उल्लेख भएबमोजिम हुनेछ ।