Celebration of Republic Day


प्रेस विज्ञप्ती

गणतन्त्र दिवस-२०७४ को सुखद उपलक्ष्यमा नेपाली राजदूतावास, पेरिस, फ्रान्सले जेठ १५, २०७४ (मे २९, २०१७) का दिन एक कार्यक्रमकोआयोजना गर्‍यो।

कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै फ्रान्सका लागि नेपालका महामहिम राजदूत श्री अम्बिका देवी लुइंटेलले नेपाली जनताको लामो संघर्ष र वलिदानबाट प्राप्त गणतन्त्र दिवसका अवसरमा शुभकामना दिनुहुंदै प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्ने दिशामा नेपाल सरकार निरन्तर लागि परेको बताउनु भयो। शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै वहाँले राजनीतिक स्थायित्वसँगै आर्थिक विकासको गतिलाई पनि तीव्र बनाउनु आवश्यक भएको बताउनु भयो। व्यापार व्यवसाय, लगानी र पर्यटन प्रवर्द्धनको माध्यमबाट नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध बलियोबनाउन फ्रान्सस्थित नेपाली समुदायले राजदूतावासलाई पुर्‍याएको सहयोगको लागि धन्यवाद दिनु भयो।

कार्यक्रममा गैरआवासीय नेपाली संघ-फ्रान्सका अध्यक्ष श्री भक्त वाग्ले, नेपाल सांस्कृतिक गृह (Maison Culturelle du Nepal) का अध्यक्ष श्री हेमन्त उपाध्याय, नेपाली एकता समाजका श्री सुमित्रा वुर्लाकोटी, नेपाल तमु समाजका श्री नारायण गुरूंगले गणतन्त्र दिवसको सुखद अवसरमा शुभ-कामना व्यक्त गर्नु भयो। मानव अधिकारकमीं डा. रेणु अधिकारी राजभण्डारीले गणतन्त्रका उपलव्धिहरूलाईजगेर्ना र सुदृढ गर्दै मुलुककोसर्वांगिण विकासका लागि सकारात्मक सोच राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

 

नेपालको राष्ट्रिय गानका साथ शुरु भएको गणतन्त्र दिवसकोउक्त कार्यक्रममा सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरुको संझनामा एक मिनेट मौन धारण गरिएको थियो। कार्यक्रममा राजदूतावास परिवार, फ्रान्समा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु तथा वुद्धिजिवी एवं विद्यार्थि वर्गकोसहभागिता रहेको थियो ।

 

 

नेपाली राजदूतावास

पेरिस ।

२०७४/२/१५