नयाँ वर्ष वि. सं. २०७७ को शुभकामना

नेपाली राजदूतावास

पेरिस, फ्रान्स



विषय: नयाँ वर्ष वि. सं. २०७७ को शुभकामना

नयाँ वर्ष वि. सं. २०७७ को शुभ उपलक्षमा फ्रान्स एवं पोर्चुगल लगायत स्वदेश एवं विदेशमा वस्नुभएका सवै नेपाली दाजुभार्इ दिदी बहिनीहरूमा सुख, शान्ति, संवृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको लागि नेपाली राजदूतावास परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ ।

विगत केही समयदेखि विश्वका धेरै मुलुकहरूमा फैलिदै गएको कोरोना भाइरस रोगको कारण परिरहेको असहज अवस्थाको अन्त्य नयाँ वर्षको शुरूआत सँगै हुन सकोस र स्वदेश एवं विदेशमा रहनु भएका सवै नेपाली दाजुभाइ दिदीवहिनीहरूको लागि नयाँ वर्ष सहज र सुखमय हुनसकोस भनी राजदूतावास परिवार कामना गर्दछ।

नेपाली राजदूतावास परिवार
पेरिस, फ्रान्स ।




मिति: २०७७ वैशाख १